Breaking News

चितवनको माडीमा दुई दिनदेखि विद्युत अवरुद्ध, निकुञ्जको अण्डरग्राउण्डमा समस्या

Banner

चितवन,असार १५-

चितवनको माडीमा दुईदिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरिएको अण्डरग्राउण्ड विद्युतको तारमा समस्या भएपछि मंगलबार विहानदेखि विद्युत अबरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर शिशिर लम्सालका अनुसार बुधबार साँझसम्म कुन ठाँउमा समस्या आएको हो भन्ने पत्ता लागेको छैन् । ‘पानी परिरहेकाले काम गर्न समस्या भइरहेको छ,लम्सालले नारायणी अनलाइनसंग भन्नुभयो’,भोलि अन्तिम विकल्पमा तार काटेर भएपनि समस्या भएको ठाँउ पत्ता लगाउँछौं ।’

उहाँले दिनभर पानीमा भिजेर काम गर्दापनि समस्या पत्ता लगाउन नसकिएको बताउनुभयो । निकुञ्ज क्षेत्रमा ८ किलोमिटर अण्डरग्राउण्ड तार छ । निकुञ्ज क्षेत्र भएकाले सो ठाँउमा समस्या भइहाले पत्ता लगाउन गाह्रो हुने गरेको छ । लम्सालले भोलिसम्म सबै उपाय अपनाएर भएपनि विद्युत सूचारु गरिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>