मकवानपुर
हेटौंडामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
०

मकवानपुर, असार १४-
हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
हाल फरार कुलदीप पाठकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























