Breaking News

बुटवल-पाल्पा र बुटवल–नारायणगढ सडक अवरुद्ध

Banner

चितवन, असार १४-

ठाउँ-ठाउँमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरो झरेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार मंगलबार बिहानैदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित ड्यामसाइड नजिकै सडक माथिबाट ठूला ढुङ्गासहितको पहिरो खसेको छ। प्रहरीले पहिरो पन्छाउने प्रयास गरेपनि ढुङ्गासहितको लेदो खस्न नरोकिएकाले सडक सञ्चालनमा अझै केही समय लाग्ने बताइएको छ।

सिद्धार्थ राजमार्गको बुटवल–दोभान खण्ड तथा सिद्धबाबा क्षेत्रमा पानी पर्नासाथ ढुङ्गा र लेदोसहितको पहिरो झरेर घण्टौ बाटो अवरुद्ध हुने गर्छ। सिद्धबाबा क्षेत्रमा हिउँदमा समेत धुलो पहिरो खसेर थुप्रैको ज्यान गएको छ। बिहानैदेखि बाटो अवरुद्ध हुँदा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, स्याङ्गजा, कास्की लगायतका जिल्लाबाट बुटवल र बुटवल हुँदै ती जिल्ला जाने यात्रुहरु बुटवल र पाल्पा तर्फ बाटोमै अलपत्र पर्ने गर्छन्।

त्यस्तै पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्ड पनि ठाउँ-ठाउँमा अवरुद्ध भएको छ। नवलपरासीको सुनवलमा निर्माणाधीन सडकको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। पश्चिम नवलपारासीको अरुण खोलामा आएको बाढीले क्षति पुग्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>