चितवन विशेष
सरकारी कर्मचारी टिकौली जंगलमा चित्तलसंग ठोक्किएपछि…
०

चितवन,असार १३-
चितवनको टिकौली जंगलमा मोटरसाइकल र जंगली जनावर चित्तल एक आपसमा ठक्कर खाँदा चित्तलको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । आज (सोमबार) ७ः४० बजेको समयमा रत्ननगरको टाँडीबाट भरतपुर आउँदै गरेको ना १ ज २०५५ नम्बरको सरकारी मोटरसाइकलले जङगलबाट निस्किएको पोथी चित्तललाई ठक्कर दिएको थियो ।
ठक्करबाट चित्तलको घटनास्थलमै मृत्यु भएको छ भने मोटरसाइकल चालक रत्ननगर नगरपालिकाका कर्मचारी खडानन्द घिमिरे घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मृत जरायो जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























