चितवन विशेष

चितवनका किसानलाई मल उपलब्ध गराउन राप्रपाको माग

Banner

चितवन, असार १३-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले किसानलाई समयमै मल उपलब्ध गराउन माग ‘गरेको छ । आज (सोमबार) कृषि ज्ञानकेन्द्र चितवनलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले १३ बुँदे मागपत्र पेस गरेको हो । नेता कार्यकर्तासहित उपस्थित भएको राप्रपाले वर्तमान सरकार किसानका समस्याप्रति गम्भिर नरहेको आरोप समेत लगाएका छन् ।

उनिहरुले मागपत्रमा भनेका छन्, ‘प्राङ्गारिक कृषिमा जोड दिँदै भूमिगत सिंचाईमा शतप्रतिशत अनुदानको व्यवस्था गरियोस् ।’ राप्रपाले रासायनिक मल युरिया, डिएपी, पोटास तुरुन्त उपलब्ध गराउन र बिउ बिजनमा ५० प्रतिशत अनुदान प्रदान गर्न समेत माग गरेको छ । यस्तै कृषि उपजको उचित मूल्य निर्धारण गर्न, कृषक पेन्सनको कार्यान्वयन गर्न र कृषक परिचय पत्र लागू गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो ।

कृषिमा प्रयोग हुने विद्युत महशुलमा शतप्रतिशत छुटको व्यवस्था, भण्डारणको व्यवस्था, सस्तो ब्याजदरमा सर्वसुलभ बैंकिङ व्यवस्था, कृषिमा आधुनिकीकरण एवं औद्योगिकरणको व्यवस्था लगायतको माग राप्रपा चितवनको छ । कार्यक्रममा जिल्ला अध्यक्ष रुद्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>