मनोरञ्जन

राजेश पायल राईको नयाँ गीत ‘खुशीका मुहान’ सार्वजनिक

Banner

चितवन, असार १२-

मोडल नग्मा श्रेष्ठ र सागर थापा ध्रुव अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘खुशीका मुहान’ सार्वजनिक भएको छ ।

यस गीतमा स्वर गायक राजेश पायल राईले दिएका छन् । गीतलाई अमेरिकामा रेहका गीतकार राज मुकारुङले लेखेका हुन् भने अम्बर तुम्बापो सुब्बाले संगीत भरेका हुन् । गीतमा सहास शाक्यलको संगीत संयोजन रहेको छ । सेण्टिमेन्टल भर्सनको गीतमा जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेका प्रेम जोडीहरुको कथा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा ध्रुव फिचर्ड छन् । विशाल थापाले छायांकन गरेको यस भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन् । उजन नेवा शाही प्रडक्शन म्यानेजर रहेको यस भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो । भिडियो संगीतकार तुम्बापोको युट्युब च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिÞसिएल’ मार्फत सार्वजनिक भएको हो । भिडियो मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>