Breaking News
भारी वर्षाका कारण पोखरा–सिक्लेस सडकका ५ भन्दा बढी ठाउँमा पहिरो, ३ दिनदेखि सडक अवरुद्ध
०

पोखरा, असार १२-
भारी वर्षाका कारण पोखरामा विभिन्न ठाउँ–ठाउँमा पहिरो जाँदा ३ दिनदेखि सडक अवरुद्ध भएको छ । पहिरोको कारण विगत तीन दिनदेखि पोखरा–सिक्लेस सडक अवरुद्ध भएको हो ।
मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ५ भन्दा बढी ठाउँमा पहिरो गएको छ । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ । ‘अहिले सिक्लेस आउने पूर्णरुपमा ठप्पै भएको छ । विकल्पमा पारिको ताङतिङको बाटो प्रयोग गरिरहेका छौं । तर, त्यहाँ पनि मादी नदीसम्म हिँडेर आउनुपर्ने,’ वडाध्यक्ष गुरुङले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























