चितवन विशेष

चितवनमा दुध बोक्ने ट्याङकरले कुकुरलाई ठक्कर दिएपछि चारघण्टा प्रहरी नियन्त्रणमा

Banner

चितवन,असार ११-

चितवनमा दुध बोक्ने ट्याङकरले कुकुरलाई ठक्कर दिएपछि प्रहरीले ट्याङकर नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका २९ स्थित प्रहरी चौकी जुगेडी अगाडि काठमाडौंबाट चितवन आउँदै गरेको बा ३ क ४२६७ नम्बरको दुध बोक्ने ट्याङकरले कुकुरलाई ठक्कर दिएपछि प्रहरीले ट्याङकर नियन्त्रणमा लिएको हो । प्रहरी चौकीको कुकुर भएका कारण चार घण्टा प्रहरीले ट्याङकर नियन्त्रणमा लिएको चालक कुवेर प्रसाद भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले आफुले कुकुरलाई ठक्कर दिएको नभई कुकुर ट्याङकरमा आएर ठोक्किएको बताउनुभयो । प्रहरीले भने नियन्त्रणमा लिएको नभई केहीबेर सोधपुछ गरेर छाडिएको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>