Breaking News
मन्त्री हेरफेरविरुद्ध उभिएका पर्यटन मन्त्री आलेसहित ६ जना सांसदले फिर्ता लिए हस्ताक्षर
०

काठमाडौँ, असार ११-
मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । उनीहरुले पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि हस्ताक्षर फिर्ता लिएका हुन् ।
हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























