चितवन विशेष
नारायणी नदीमा बाढीले बगाएर ल्याएको एक पुरुषको शव फेला
०

चितवन,असार ११-
नारायणी नदीमा बाढीले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा आज बिहान करिब ९ बजेतिर करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन । वडा प्रहरी कार्यालय नारायणगढको टोलीले लास जाँच मुचुल्का तयार गरी शवको पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको उनले बताए
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























