Breaking News
प्रचण्डले ओलीलाई लगाएको आरोप फिर्ता लिन नसक्दा पार्टी एक हुन सकेनः बामदेव
०

काठमााडौँ, असार ११-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई लगाएको आरोपहरू फिर्ता लिएको भए पार्टी एकता जोगिने नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले बताएका छन् । गौतमले शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै आरोपहरू फिर्ता लिन सक्दिनँ पार्टी एकता हुन नसकेको बताए ।
उनले भने, ‘दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भने। म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । भन्नुभएको थियो । पहिलो विषयमा नेताहरू बीच धेरै छलफल भएन । वहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो । तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























