राजनीति

नागरिकलाई सिटामोल छैन,झलनाथ खनालले उपचारका लागि अर्थ मन्त्रालयबाट लिए ८९ लाख

Banner

काठमाडौं,असार १०-

परराष्ट्र मन्त्रालयले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई झण्डै ९० लाख उपचार खर्च निकासा भएको जनाएको छ। पूर्व प्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको खुलेको हो।

खनालको उपचार खर्चबारे सागर जोशीले माग गरेको सूचनाको जवाफमा मन्त्रालयले भनेको छ, “पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भए बमोजिम उहाँको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा आर्थिक वर्ष २०७७/०७८ मा रु.३१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा रु‍.५८ लाख ५२ हजार गरी जम्मा रु.८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भइ नेपाली राजदुतावास नयाँ दिल्ली पठाईएको।”

खनालको सम्पूर्ण उपचार खर्च ८१ लाख ३५ हजार ९५३ रुपैयाँ ६० पैसा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। बाँकी रहेको आठ लाख १६ हजार ४७ रुपैयाँ कता गायब भयो, खुलेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>