Breaking News
एसिया कपमा छनोटः युएईले दियो नेपाललाई ८२ रनको लक्ष्य
०

काठमाडौँ, असार १०-
युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलका लागि युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको हो ।
अस्मिनाले ३.५ ओभरमा १० रन मात्र खर्चेर ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चेर ३ तथा सीता राना मगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविनाले विकेट नलिए पनि ४ ओभरमा १२ रन मात्र खर्चिइन् ।
युएईका लागि आठौं नम्बरमा ब्याटिङ गरेकी वैस्नभी महेशले सर्वाधिक १६ रन बनाउदा ओपनर इशा ओझाले १५, कप्तान द्धायँ मुगलले १४ र खुशि शर्माले १२ रन जोडिन् । तर हाल सम्म युएई सँग नेपालको ८२ रनको लक्ष्य रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























