Breaking News

चितवनका तीन कलेजले एकैपटक पाए गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र

Banner

चितवन,असार ९-

चितवनका तीन कलेजले एकैपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेका छन् । विश्वविद्यालय अनुदान आयोगले चितवनको भरतपुरस्थित मैयादेवी कन्या कलेज, रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पस र खैरहनीस्थित भुवानीशंकर बहुमुखी कलेजलाई सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र दिएको हो ।

आयोगले आज (विहिबार) क्याम्पसहरुलाई पत्र लेख्दै गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र वितरण कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ । क्याम्पसहरुले संस्थागत गुणस्तर परीक्षणका सबै चरणहरु पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गर्ने निर्णय भएको विश्वविद्यालय अनुदान आयोगका निर्देशक राममणि गौतमले जानकारी दिनुभयो ।

गुणस्तर सुनिश्चितताको प्रमाणपत्र असार १२ गते आइतबार दिने कार्यक्रम तय गरिएको छ । सो कार्यक्रममा संचालक समिति अध्यक्ष, आन्तरिक गुणस्तर सुनिश्चितता समिति र स्वमूल्याकन टोली सहित उपस्थित हुन अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>