अन्तर्राष्ट्रिय

क्यान्सर उपचारमा सफलताः नयाँ उपचार पद्धतिमा सहभागि सबै क्यान्सरमुक्त

Banner

काठमाडौँ, असार ८–

पछिल्लो अवस्थाको सबैभन्दा डरलाग्दो रोग हो क्यान्सर । तर यो रोगलाई सजिलै जित्न सक्ने गरि उपचार पद्धति आएको छ । क्यान्सरको एक नयाँ उपचार पद्धतिमा सहभागी सबै बिरामी ठीक भएपछि वैज्ञानिकहरू निकै उत्साहित बनेका छन् ।

न्युयोर्क सहरस्थित मेमोरियल स्लोयन केटरिङ क्यान्सर सेन्टरले मलद्वारको क्यान्सरपीडित १४ बिरामीमा नयाँ उपचार विधि प्रयोग गरेको थियो । अनुसन्धानताले यस प्रयोगात्मक इम्युनोथेरापी औषधिको प्रयोगमा ‘ब्रेक थ्रु’ भएको बताए ।

चिकित्सकीय परीक्षणमा मेमोरियल स्लोयन केटरिङ क्यान्सर सेन्टरले डोस्टारलिमब नामक नयाँ औषधिलाई प्रयोगमा ल्याएको छ । यो औषधि दिएका सबै १४ बिरामीमा ६ महिनापछि क्यान्सरको कुनै अंश भेटिएको छैन । औषधि दिएका बिरामीको शारीरिक परीक्षण, इन्डोस्कोपी, एमआरआई र अन्य विभिन्न स्क्यान गर्दा सबै क्यान्सरमुक्त देखिएको क्यान्सर केन्द्रका अनुसन्धानकर्ताले बताए ।

परीक्षणको निष्कर्ष ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित छ । शोधकर्ताहरूले औषधिको शतप्रतिशत सफलताबाट आफूहरूसमेत आश्चर्यमा परेको बताएका छन् । ‘क्यान्सर उपचारको परीक्षणमा सम्भवतः पहिलोपटक यस्तो नतिजा आएको होला,’ अनुसन्धान टोलीका प्रमुख सदस्य डा. लुइस डियाजले न्युयोर्क टाइम्सलाई भने ।

द गार्जियन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>