चितवन विशेष

गोन्द्राङ-पुलचोक सडक विस्तारः भरतपुर विमानस्थल अगाडीका घरटहरा भत्काइयो

Banner

चितवन,असार ७-

गोन्द्राङ–पुलचोक सडक विस्तारका लागि भरतपुर विमानस्थल अगाडी रहेका घरटहरा भत्काइएको छ । पटक–पटक सूचना दिदासमेत ७ घरटहरा नहटाएपछि भत्काइएको सडक डिभिजन कार्यालय भरतपुरका निमित्त प्रमुख बाबुराम सापकोटा बताउनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडक क्षेत्राधिकार परेका संरचनाहरु हटाइएको हो ।

सडक डिभिजनले पछिल्लोपटक यही जेठ ३१ गते सूचना टाँस गर्दै ३ दिनभित्र हटाउन आग्रह गरेको थियो । भरतपुर विमानस्थलको अगाडी सडकको केन्द्रभागबाट २५ मिटरमा परेका ७ घरटहरा हटाइएको छ । उहाँले घरमै सूचना टाँसेर हटाउन भनिएपछि नहटाएपछि बाध्य भएर हटाइएको बताउनुभयो । उहाँले कानुनी प्रक्रियामा जान तयार भएको बताउनुभयो । उहाँले सडक निर्माणको काममा ढिलाई हुन नदिन सडक क्षेत्राधिकारमा परेका संरचना हटाइएको बताउनुभयो । स्थानियले भने जवरजस्ती घरटहरा भत्काएको भन्दै विरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>