Breaking News

विदेशमा रहेका नेपालीको ‘नोट चल्ने, भोट नचल्ने’ अवस्था अन्त्य गर्नुपर्छः महामन्त्री शर्मा

Banner

काठमाडौं,असार ७-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुको ‘नोट चल्ने तर भोट नचल्ने’ अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्। मंगलबार विदेशमा रहेका नेपालीहरुले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुगेका महामन्त्री शर्माले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले नेपाल बाहिर रहेका ४० लाख नेपालीहरुको भावना गाँस्ने कुरालाई मध्यनजर गरेर यो काम अघि बढाइएको बताए। उनले भने, ‘बाहिर रहेका ४० लाख नेपालीहरुको भावना गाँस्ने कुरा हो र नेपालको समुन्नतीमा जोडिने कुरा हो। विदेशमा बसेका नेपालीको भोट चल्ने दिन पनि हामीले बनाउनु पर्छ। नोट चल्ने बनाएर मात्रै हुँदैन।’

उनले निर्वाचन आयोगसँग मतदाता नामावलीसँग सम्बन्धित त्यसमा पनि विशेष गरेर विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकारसँग सम्बन्धित विषयमा छलफल भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>