Breaking News
महिला टी-२० च्याम्पियनसिपः लगातार तेस्रो जितपछि नेपाल सेमिफाइनलमा
०

काठमाडौँ, असार ६-
मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपालले लगातार तेस्रो जितहात पारेर सेमिफाइनल प्रवेश गरेको छ ।
बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जितहात परेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको थियो ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























