चितवन विशेष
फेरी बढ्यो बस भाडा,नारायणगढबाट कुन ठाँउमा जाँदा कति लाग्छ भाडा ?
चितवन,असार ६-
इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो ।
देशको केन्द्रविन्दु नारायणगढबाट देशका विभिन्न सहरमा जाने भाडादर यस प्रकार रहेको छ ।
रुट दूरी किमी पुरानो दर नयाँ दर
-नारायणगढ–काकडभिट्टा ४६४ १२६९ १३३६
-नारायणगढ–गुलरिया ४५५ १२४६ १३१२
-नारायणगढ–कावासोती ३६ १०२ १०७
-नारायणगढ–कृष्णनगर १९९ ५८० ६११
-नारायणगढ– पोखरा-वालिङ १९२ ६३२ ६६५
-नारायणगढ– भैरहवा १४० ४०३ ४२४
-नारायणगढ– बेशिशहर १०४ ३४८ ३६६
-नारायणगढ– पोखरा १२७ ३९१ ४१२
-नारायणगढ– विराटनगर ४०२ ११०८ ११६७
-नारायणगढ– विरगन्ज १२८ ३७४ ३९३
-नारायणगढ–बुटवल ११४ ३३२ ३४९