मनोरञ्जन

चलचित्र थर्डआईलाई तीन वटा अवार्ड, सर्वोत्कृष्ट निर्माताको अवार्ड मिश्रलाई

Banner

चितवन, असार ४–

सर्वोत्कृष्ट फिल्म निर्माता अवार्ड २०७९ बाट अधिवक्ता एवं निर्माता विनोद मिश्र पुरस्कृत भएका छन् । शुक्रबार काठमाडौँमा आयोजित ‘नेपाल सर्ट फिल्म अवार्ड २०७९’ अन्तर्गत मिश्रलाई सर्वोत्कृष्ट फिल्म अवार्ड प्रदान गरिएको हो ।

नेपाल बार एसोसियसन चितनवका सचिवसमेत रहेका मिश्रले केही समय अगाडि मानवीय विषयवस्तुलाई समेट्दै चलचित्र ‘थर्डआई’ निर्माण गरेका थिए । मिश्र सो अवार्डसँगै ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मानित भएका हुन् । स्टार इन्टरटेन्मेन्ट प्रालि काठमाडौँले आयोजना गरेको सो अवार्डमा मिश्रले निर्देशन गरेको उक्त चलचित्रले विभिन्न तीन वटा विधामा अवार्ड हात पारेको छ ।

चलचित्र थर्डआईबाट सर्वोत्कृष्ट चलचित्र निर्देशकमा आशुतोष अधिकारी, सर्वोत्कृष्ट चलचित्र नायिकामा कमला अधिकारी समेत सम्मानित भएका छन् । आफू मर्नु भन्दा अगाडि सबैजनाले आँखा दान गरौँ भन्ने सन्देशका साथ ‘थर्डआइ’ लघु चलचित्र तयारी पारिएको थियो । चलचित्र आशुतोल फिल्म प्रालिको ब्यानरको निर्माण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>