मनोरञ्जन

शिव परियारको ‘समुन्द्र सबै सराब भए’ गीतमा सराबी बने नायक आर्यन

Banner

चितवन, असार ४-

लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै सराव भए’ सार्वजनिक भएको छ ।

विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् ।

महाराज थापाको संगीत संयोजना रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ । निकै तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमीकालाई फकाउने प्रेमीकथा बुनिएको छ । थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्य सहित बनाइएको भिडियोमा

सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक कबिराज गहतराजले गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>