Breaking News

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एक घण्टापछि खुल्यो

Banner

चितवन, असार १–

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित खसेको पहिरो हटाईएको छ ।

दिउँसो १ बजेको समयमा खसेको पहिरो ५५ मिनेटपछि पन्छ्याएर राजमार्ग संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

वर्षापछि खसेको पहिरोले राजमार्ग दुइतर्फी नै अवरुद्ध भएको थियो । सडकमा सयौं सवारी साधनहरु बीच बाटोमै रोकिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>