Breaking News

म फरक पार्टीको मान्छे रहेछु भन्ने अनुभूति गराउँदिनः नवनिर्वाचित जिसस प्रमुख अधिकारी

Banner

चितवन, जेठ ३१–

नवनिर्वाचित जिल्ला समन्वय समिति (जिसस) चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले आफूले पक्षपातिपूर्ण व्यवहार नगर्ने प्रष्ट पारेको छ ।

आज भएको निर्वाचनमा गोलाप्रथाबाट जिसस प्रमुखमा निर्वाचित भएपछि पत्रकारहरुसंग कुरागर्दै अधिकारीले अहिले सबैको साझा प्रतिनिधिको रुपमा आफू निर्वाचित भएको भन्दै विपक्षी दलका प्रतिनिधिहरु पक्षपातिपूर्ण व्यवहार नगर्ने प्रष्ट पारे । ‘विशेषकारणवश मत बराबर भएर मैले गोलाप्रथाबाट जित हासिल गरे, विपक्षी दलका प्रतिनिधिहरु प्रति मैले यो फरक पार्टीको मान्छे रैछ भन्ने अनुभूति गराउने छैन ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अधिकारी इच्छाकामना गाउँपालिकाको प्रमुखमा पराजित भएका थिए । एउटा गाउँपालिका हेर्नेगरि उम्मेदवार बनेका अधिकारीलाई अहिले सिंगो जिल्ला हर्ने जिम्मेवारी प्राप्त भएको छ । प्रमुख अधिकारीले भने–‘अहिले समग्र जिल्ला हेर्ने जिम्मेवारी काधमा आएको छ, मैले घमण्ड त गर्न हुँदैन तर भन्नै पर्छ अभिभावकत्वको जिम्मेवारी लिन्छु ।’

जिल्ला समन्वय समितिले प्राकृतिक स्रोतसाधनको निगरानी गर्दैआइरहेको छ । अधिकारीले भने–‘प्राकृतिक स्रोतसाधनमा राज्यले जे नियम बनाएको छ, विधि विधानमा जे छ मैले त्यसलाई पछ्याउने हो, त्यसका लागि नियम कानुन अनुसार काम गर्ने वातावरण सबैले बनाईदिनुपर्छ ।’
यस्तै प्रमुख अधिकारीले यसले जितलाई स्वभाविक भनेका छन् । ‘मैले पर्खिरहेको जित होइन, यो स्वभाविकले प्राप्त भएको जित हो, यसका लागि मेरो पार्टी, सहकर्मी जनप्रतिनिधिहरुलाई धन्यवाद दिन्छु ।’ उनले आफ्नो कमिकमजोरीप्रति सचेत रहँदै सबैसाथीहरुसंग सल्लाह लिएर सुझबुझका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

यस्तै अधिकारीले गोलाप्रथाको बेलामा आफू नर्भस नभई सामान्य रुपमा गोला तानेको प्रतिक्रिया दिए । ‘यो गोलाले जे भए पनि मलाई फरक पर्दैनथ्यो, मैले आफ्नो प्रतिनिधिको मत पाउने निश्चित नै थियो त्यो बच्यो म त्यसमै खुशी थिए, गोला प्राप्त भएको प्रति सबैप्रति धन्यवाद आभार व्यक्त गर्न चाहन्छु, यो नतिजाले मैले अहिलेसम्म सही कर्म गरे जस्तो लाग्छ ।’

इच्छाकामना गाउँपालिका–३ कमेरे निवासी अधिकारी लामो समयदेखि कम्युनिष्टबाट राजनीति गर्दै आइरहेका थिए । उनी स्थानीय विद्यालयमा अध्यापन गर्दै राजनीतिमा होमिएका थिए । उनी निष्ठावान नेताको रुपमा चिनिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>