Breaking News

को हुन चितवन ३ मा प्रचण्डसंग निर्वाचन लड्ने तयारीमा रहेका सूर्यराज आचार्य ?

Banner

चितवन,जेठ ३१-

आगामी संसदीय चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । राजधानी काठमाडौंमा धमाधम स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा भइरहेको छ । स्वतन्त्र उम्मेदवारलाई काठमाडौंपछि आकर्षण हुने जिल्ला हो चितवन । यहाँ पनि राष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तिहरुले विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी बन्न चाहिरेका छन् । यस्तै मध्येका एक हुन साझा विवेकशीलबाट राजीनामा दिएर स्वतन्त्र रहेका पूर्वाधारविद डा. सूर्यराज आचार्य । चितवन डा. आचार्यको गृह जिल्ला हो । चितवन ३ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको क्षेत्र हो ।

‘चितवन र काठमाडौंमध्ये एक ठाउँबाट विर्नाचन लड्नेगरी तयारी भइरहेको छ,’ उनीनिकट एक नेताले भने, ‘दुवै ठाउँको जनमतबारे अध्ययन गरेर एक ठाउँ रोज्नुहुन्छ ।’
०७४ को निर्वाचनमा आचार्य काठमाडौं क्षेत्र नं २ बाट माधव नेपालसँग चुनाव लडेका थिए । आचार्यले ७ हजार ४३७ मत ल्याउँदा एमालेबाट माधव नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए ।

थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजी (एआईटी)बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा. आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन् । चितवनबाहेक काठमाडौं क्षेत्र नम्बर १ मा पनि उनि निर्वाचनमा उम्मेदवार बन्न सक्ने बताइएको छ । आचार्यले पहिले जनताको भावना बुझ्ने र त्यसपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>