चितवन विशेष

सूचना प्रविधि ल्याब स्थापनाप्रति क्यान महासंघको ध्यानाकर्षण

०
Banner

चितवन, जेठ ३१–

भरतपुर महानगरपालिकाले विद्यालयहरूमा सूचना प्रविधि ल्याब स्थापनार्थ खुलाएको दरभाउपत्रमाथि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सूचना प्रविधिसम्बन्धी केही सामग्रीको विशिष्टता नै नभएको, नविनतम प्रविधिमैत्री नभएको र नेपालको विद्यमान खरिद नियमावली कानुनअनुरूप नभएको भन्दै सोमबार क्यान महासंघ चितवनको टोलीले भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।

एउटा मात्रै कम्पनी सहभागी हुन पाउने गरी नीति नियम बनाएको भन्दै क्यान महासंघले त्यसबाट विद्यार्थीको सिकाइ र वर्तमान नयाँ प्रविधिसँग तालमेल नै नहुने जनाएको छ । कानुनीरूपमा समेत अनाधिकृत तरिकाले एउटा मात्रै कम्पनी सहभागी हुन पाउने व्यवस्था खारेज हुनुपर्ने क्यान महासंघ चितवनका अध्यक्ष सन्तोषजनक भूसालले बताए ।

महानगरपालिकाले आफूअनुकूल हुने गरी दरभाउपत्र आह्वान गर्दा त्यसबाट विद्यालय तथा विद्यार्थीभन्दा पनि निजी स्वार्थ हावी भएको हुनसक्ने आशंकासमेत व्यक्त गरेको छ । स्थानीय तहले आफूअनुकूल नीति बनाएर एकलौटी गर्दै नीतिगत भ्रष्टाचार गर्न खोजेको सचिव टेकलाल भूसालले आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>