Breaking News
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
०

काठमाडौं, जेठ ३०-
अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ । आज अन्पूर्ण पोस्टमा प्रकाशित मध्यराति बजेटमा जब चुकुल लाग्यो..समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।
मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल अर्थ मन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्क भन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले बजेट निर्माणका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























