Breaking News
पैसा दियो भनेर नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोज्योः भीम रावल
०

काठमाडौँ,जेठ ३०-
नेकपा एमालेका नेता भीम रावलले नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् । बिहान अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्नै नेता रावलले यस्तो बताएका हुन् । अमेरिकाले पैसा दियो भनेर उसैको सैनिक गठबन्धनमा सामेल हुन खोजेको उनको भनाई छ । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?,’ उनले भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत यो ।’
उनले यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताए । आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























