Breaking News
चितवनको रत्ननगरमा कारको ठक्करबाट एकको मृत्यु, एक घाइते
०

चितवन, जेठ २९–
पूर्वीचितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार अपरान्ह ५ः४० बजेको समयमा मगरटोलबाट गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारले ठक्कर दिँदा स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान (अधिकारी)को मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट स्थानीय ५५ वर्षीया राधीका बोटे समेत गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ ।
कार चालक फरार रहेका छन् भने कार इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























