मनोरञ्जन
काठमाडौँमा छोटा चलचित्रको महोत्सव हुने

चितवन, जेठ २९-
‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०२२’ मा छोटा चलचित्र एवम् छोटा वृत्तचित्रले भाग लिन पाउने छन् ।
छोटाचलचित्र एवम् छोटा बृत्तचित्रको अवधि दुई मिनटदेखि ५९ मिनट भित्रको हुनुपर्नेछ ।
नेपालमा पछिल्लो समय छोटा चलचित्र एवम् वृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवम् बृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता चलचित्र एवम् वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गररिहेको फेस्टा एवम् छायाँ छबिका अध्यक्ष शान्ति प्रियले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेपाली छोटा बृत्तचित्र एवम् चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिनुपर्छ भन्ने पनि फेस्टाको उद्देश्य रहेको छ । सोही कारण उत्कृष्ट छोटा सिनेमा तथा डकुमेन्ट्रीलाई अवार्डमा पुरस्कृत सम्मानित गरिन लागिएको हो ।
फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट
कन्सेप्ट, स्किृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
यीमध्येबेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशःट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आज प्रषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
























