भिडियो

रोमान्टिक भर्सनको गीत ‘अलिअलि तिमीसँग’ सार्वजनिक

Banner

चितवन, जेठ २९-

गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनमा समावेश रोमान्टिक भर्सनको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द हाल अस्ट्रेलियामा रहेका गीतकार सक्रिय श्रेष्ठको रहेको छ । शास्त्रीय संगीतको समिश्रण रहेको यस गीतमा गायक न्यौपानेको नै संगीत रहेको छ । गीतको एरेन्ज रिदम कँडेलले गरेका छन् । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।

बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । ’सक्रिय क्रियशन’ नामक युटुयुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार श्रेष्ठको शब्दमा रहेको ‘कुरा नगरेकै जाती’, ’सपनाको रंग ’ बोलको भिडियोहरु सार्वजनिक भइसकेका छन् । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>