चितवन विशेष

नेपाल मोबाइल व्यवसायी महासंघ चितवनको अध्यक्षमा अर्याल

Banner

चितवन, जेठ २९–

नेपाल मोबाइल व्यवसायी महासंघ चितवन शाखाको अध्यक्षमा प्रकाश अर्याल चयन भएका छन् ।

महासंघको बागमती प्रदेशको राजधानी हेटौंडामा भएको एक कार्यक्रमबाट चितवन शाखा गठन गरिएको हो । उपाध्यक्षमा विक्रम कंडेल र सचिवमा सुरेश भट्टराई चयन भएका छन् । यस समितिले चितवन शाखालाई विस्तार गरेर अघि बढ्ने छ । महासंघले शाखा विस्तार अभियान अन्तरगत चितवन शाखा गठन गरेको हो ।

मोबाईल व्यवसायीहरुलाई एकै छानामुनी ल्याउनको लागि संगठन विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक छतेन्द्र आचार्यले जानकारी दिए ।

महासंघका अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा संगठन विस्तार तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>