चितवन विशेष

एमाले सांसद कृष्णभक्त पोखरेलको प्रश्नः यो सरकारले राम्रो संस्था देख्नै नहुने ?

Banner

चितवन,जेठ २९-

एमाले सांसद कृष्णभक्त पोखरेलले वर्तमान सरकारलाई राम्रो संस्था देख्नै नहुने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभामा शहरी विकास मन्त्रालय अन्तर्गतको बजेट छलफलमा सहभागी हुदै पोखरेलले वर्तमान सरकारले राम्रो संस्था देख्यो की निजीकरण गर्नेतर्फ गइहाल्ने भन्दै सरकारको कटाक्ष गरे ।

‘यो सरकारलाई कम्पनी बडो प्यारो छ क्या ! आयल निगम वीमालाई कम्पनी निजीकरण गर्ने’, उनले वर्तमान सरकारलाई विगतमा पनि १६ वटा उद्योग बेचेको अनुभव रहेको भन्दै व्यङ्ग्य गरे । ‘नेपालमा रहेका २९३ नपालाई ऋण र अनुदान सम्मिश्रण गरी आर्थिक प्राविधिक सहयोग पुर्याउदै आएको नगर विकास कोषलाई शहरी पुर्वाधार विकास कम्पनी बनाउने भन्नुभएछ । अलिकति राम्रो संस्था देख्ने नहुने ? निजीकरण गरिहाल्नुपर्ने ?’, पोखरेलले प्रश्न गरे ।

त्यस्तै उनले शहरी विकास मन्त्रालय जन्मेको १० बर्ष कम्तिमा दुनियाँका लागि हेर्न लायक एउटा राम्रो शहर बनाउन नसकेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>