Breaking News

सिडियोलाई गृहमन्त्रीको निर्देशनः सबैसंग समन्वय गरेर काम गर्नु,नारायणगढ-मुग्लिन-काठमाडौं सडक अवरोध नहोस

Banner

चितवन,जेठ २८-

गृहमन्त्री बालकृष्ण खाँडले नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । शनिवार चितवनको कुरिनटारस्थित शशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले काठमाडौं जोड्ने लाइफलाइनको रुपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सृजना गर्न निर्देशन दिनुभएको हो ।

उहाँले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौं जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरुले समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । ‘यो सडकखण्डमा बर्षेनी पहिरो जाने र नागरिकको जिउ धनको क्षति हुने गरेको छ,यसले सडक सञ्जालमा गम्भिर अवरोध पु¥याउने गरेको छ, उहाँले भन्नुभयो’,तपाईहरु जिल्ला प्रमुख,सुरक्षा निकाय र सडक विभाग मिलेर व्यवस्थापनको काम गर्नुहोस्् ।’ उहाँले आवश्यक उपकरण, जनशक्ति र बजेको समेत व्यवस्था गर्न जिल्ला प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री खाँडले सडक निर्माण गर्दै दिर्घकालिन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताउनुभयो । ‘मुग्लिन नारायणगढ सडकखण्डमा नदीको दुवै तर्फ सडक निर्माण गर्नुपर्छ जसले गर्दा पहाड कम कटान हुने र क्षति पनि कम हुन्छ । थोरै पहाड काटेर पनि सडक निर्माण गर्न सकिने उपाय हुँदाहुँदै अस्तव्यस्त तरिकाले काम गर्न हुँदैन, उहाँले भन्नुभयो ।

हरेक आयोजनालाई अगाडि बढाउँदा त्यसले प्राकृतिक विपत्तीलाई कत्तिको सामना गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । सामूहिक प्रयत्नबाट मात्र नागरिकको जिउधनको सुरक्षा हुने भन्दै उहाँले नियमित जिम्मेवारी पुरा गर्दै विपतको समयमा थप भूमिका निर्वाह गर्न सुरक्षा संयन्त्रलाई आग्रह गर्नुभयो । ‘गतबर्ष भन्दा ठूलो बर्षा हुन्छ भन्ने आकलन छ । त्यसैले जनताको जनजिवनलाई कसरी सुरक्षित गराउन सकिन्छ भन्नेतर्फ सबैले ध्यान दिन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

नेपालको भू–वनोट र ठूला नदीहरुका कारण पनि बर्षेनी बाढी पहिरोको समस्या हुने गरेको मन्त्री खाँडले बताउनुभयो । सरकारले नागरिकको जिउधनको रक्षा पहिलो प्राथमिकतामा राखेको भन्दै उहाँले शान्ती सुरक्षा,अपराधिक घटना नियन्त्रण र सिमा सुरक्षाका काममा कुनै सम्झौता नहुने उल्लेख गर्नुभयो ।

नेपालमा सनाठूला झण्डै ६ हजार नदीनाला रहकोले यीनले पु¥याउन सक्ने क्षतिका विषयमा पनि सचेत बन्नुपर्ने मन्त्री खाँडले बताउनुभयो । उहाँले विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले उद्धारका काममा महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । घटना दुर्घटना भएपछि मानिसको जिवितै उद्धार र मृत्यु पश्चात शव भेटाएर परिवारको जिम्मा लगाउनु हाम्रो कर्तव्य हो, त्यसमा शशस्त्र प्रहरीले उल्लेखनिय काम गरेको छ’, उहाँले भन्नुभयो । उहाँले नदीमा वेपत्ताको खोजीका लागि बंगलादेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै थप जनशक्ति र स्रोत साधनको व्यवस्था गर्दै लैजाने बताउनुभयो । गृहमन्त्री खाँडले संविधान र कानुनको जिम्मेवारी निर्वाह गर्दै जाँदा कहिलेकाँही व्यवहारिक पक्षलाई पनि ध्यान दिन सुरक्षा निकायलाई दिर्नेशन दिनुभयो । विपत सम्बन्धी सबै नागरिकलाई सचेतना फैलाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

‘घरबाट लामो यात्रा गर्दा मौसम कस्तो छ । त्यो दिन र अर्को दिनको जलबायुको अवस्था कस्तो छ । भारी बर्षात हुन्छ कि हुँदैन । हुन्छ भने कहाँ कहाँ पानी पर्छ ? यात्रामा अफ्ठयारो पर्छ कि पर्दैन भन्ने आफैले सोचेर हिड्न उहाँले सबै नागरिकलाई सुझाब दिनुभयो । मन्त्री खाँडले मौसम सम्बन्धि पूर्वानुमानबारे विश्वविद्यालय र स्कूलका विद्यार्थीलाई अध्ययन अध्यापन गराउन जरुरी रहेको धारणा राख्नुभयो । उहाँले विपतको समयमा यात्र गरिएन भने मात्रै पनि ठूलो धनजनको क्षतिवाट जोगिन सकिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>