चितवन विशेष

भरतपुर २३ मा बाघको आक्रमणबाट एक पुरुष घाइते

Banner

चितवन,जेठ २७-

चितवनमा एक युवा बाघको आक्रणबाट घाइते भएका छन । शुक्रबार बेलुकी ४ः२० बजेको समयमा भरतपुर महानगर २३ स्थित हरियाली सामुदायिक वन नजिक राप्ती खोला हेर्न गएको अवस्थामा ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरी घाइते बनाएको छ ।

छाती र कुमममा चोट लागेका उनको नयाँ मेडिकल कलेज (सिएमसी) मा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार बिहान ६ बजे राप्ती १ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङ वाइवालाई तरकारी टिप्न खेतमा गएका बेला बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>