चितवन विशेष

बढ्यो बस भाडा,नारायणगढबाट कहाँ जाँदा कति भाडा ?

Banner

चितवन, जेठ २७-

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो । यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो । नेपाल आयाल निगमले आजदेखि लागू हुने गरी डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको हो ।

देशको केन्द्रविन्दुमा पर्ने चितवनको नारायणगढबाट प्रमुख शहरहरुमा जाने भाडादर यसप्रकार छ । नारायणगढदेखि कावासोती ३६ किलोमिटरको भाडा ९९ बाट बढेर १०२ रुपैंया पुगेको छ । नारायणगढ कृष्णनगर १९९ किलोमिटरको भाडा ५८०, नारायणगढ–पोखरा–वालिङ्ग १९२ किलोमिटरको ६३२ रुपैयाँ भाडा कायम गरिएको छ ।
यस्तै नारायणगढ भैरहवा १४० किलोमिटको भाडा ४०३ रुपैंया, नारायणगढ वेशिशहर १०४ किलोमिटरको भाडा ३४८ रुपैयाँ, नारायणगढ पोखरा १२७ किलोमिटरको भाडा ३९१, नारायणगढ विराटनगर ४०२ किलोमिटरको भाडा ११०८ रुपैयाँ कायम भएको छ ।

यस्तै नारायणगढ विरगन्ज १२८ किलोमिटरको भाडा ३७४ रुपैयाँ र नारायणगढ बुटवल ११४ किलोमिटरको भाडा ३३२ रुपैयाँ कायम भएको छ । नारायणगढदेखि काकडभिट्टा ४६४ किलोमिटरको हालको भाडादर १२६९ रुपैंया कायम गरिएको छ । यसअघि १२३८ रुपैंयामा काकडभिट्टा पुग्ने गरिन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>