चितवन विशेष

भरतपुर-१ को देवघाट प्रवेशद्धारमा सडकको हरिविजोग

Banner

चितवन, जेठ २७-

नेपालको प्रमुख धार्मिक तिर्थस्थल मध्यको एक देवघाटधाम । यहाँ दैनिक सयौं भक्तजनहरु विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत आउने गर्छन् । तर यही देवघाटधाम प्रवेश गर्ने सडकको भने हरिविजोग छ ।

सडक निर्माणमा सरोकारवालाले चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका छन् । प्रवेशद्धार पानी आउँदा हिलाम्य र घाम लाग्ला धुलाम्य हुने गरेको छ । विग्रेको सडकका कारण मोटरसाइकल पटकपटक दुर्घटना हुने गरेका छन् भने ठूला सवारीसाधन हिलोमा फस्ने गरेका छन् ।

स्थानीय यमुना लम्सालले जनप्रतिनिधि र देवघाट क्षेत्रविकास समितिको उदासिनताका कारण सडकको यो अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सडकको यो अवस्था हुँदापनि जनप्रतिनिधि कानमा तेल हालेर बसेका छन्,कमसेकम ग्रावेल हालेर हिलो त रोक्न सकिन्थ्यो ।’

भरतपुर महानगरपालिका वडा नम्वर १ का नवनिर्वाचित वडाध्यक्ष केशव महर्जनले विग्रेको सडकमा ग्राबेल गर्नका लागि महानगरमा लिखित सिफारिस गरेको जानकारी दिनुभयो । उहाँले आफु भर्खर निर्वाचित भएर आएका कारण सबै कुरा बुझ्ने क्रममा रहेको बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले सडक निर्माणको क्रममा रहेकाले पानी पर्दा समस्या हुने गरेको बताउनुभयो । विकास निर्माणका क्रममा यस्ता खालका समस्या आउने र त्यसलाई नागरिकले पनि बुझ्नुपर्ने बताउनुभयो । असार मसान्तसम्म सडक निर्माणको काम सम्पन्न हुने उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>