Breaking News

चितवनको इच्छाकामनामा आफ्नै बसको ठक्करबाट सह–चालकको मृत्यु

Banner

चितवन, जेठ २७–

चितवन ईच्छाकामना गाउँपालिकास्थित मौवाखोला नजिक पृथ्वी राजमार्गमा आफ्नै बसको ठक्करबाट सह–चालकको मृत्यु भएको छ ।

काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल–भारत मैत्री) बसले सोही बसका सहचालक सुनसरीको झुम्का बस्ने बर्ष २३ का जनक दाहाललाई आज विहान ४ बजेको समयमा ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>