Breaking News

मुग्लिन-नारायणगढ र मुग्लिन-नौबिसे सडकखण्डमा लामो जाम, यात्रुलाई सास्ती

Banner

चितवन,जेठ २७-

मुग्लिन-नारायणगढ र मुग्लिन-नौबिसे सडक खण्डमा चल्ने गाडीको यात्रा कष्टकर भएको छ । लामो जामका कारण यात्रु मर्कामा परेका छन् । अस्ति बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाएपछि जाममा परेका गाडी चल्न थालेका छन् । तर लामो समयसम्म धेरै गाडी एकैपटक रोकिँदा र पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् । रातभरको जामका कारण यात्रुले हैरानी व्यहोर्नु परेको छ ।

लामो जामका कारण यात्रुको बिचल्ली भएको मुग्लिनबाट पत्रकार विनोद श्रेष्ठले जानकारी दिनुभएको छ । लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ । सडक खुले पनि साँघुरो पुल र ठूूला गाडीका कारण चाप रहेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खुलेको छ तर जाम भने हटिसकेको छैन । साँघुरा पुलहरुमा आलोपालो गरी गाडी पास भइरहेका छन् ।

बर्खाको समयमा बेलाबेला पहिरो जाने गरेकाले छिनमै खुल्ने र छिनमै बन्द हुने भएकाले नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दा सावधानी अपनाउन प्रहरीको आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>