Breaking News
आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन
०

चितवन,जेठ २७-
ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्। निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।
निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।
यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशीलाई विशेषगरी वैष्णव सम्प्रदायले विशेष पर्वका रूपमा मनाउँछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























