चितवन विशेष

रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा जैसीका परिवारलाई बिमा रकम हस्तान्तरण

Banner

चितवन, जेठ २६–

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भरतपुरमा बिमा गरे बापतको रकम हस्तान्तरण गरेको छ ।

चार महिना अघि बिमा गरेका भरतपुर महानगरपालिका–५ निवासी मोहन प्रसाद जैसीको जापानमा मृत्यु भएपछि बिमा बापतको रकमा आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं.५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठले बिमा बराबरको १० लाख ८० हजार रुपैयाँको चेक मृतकका छोरा विमलप्रसाद जैसीलाई हस्तान्तरण गरेको रिलायन्स लाइफ इन्स्योरेन्सकी एरिया म्यानेजर इशा प्रधानले जानकारी दिइन् । अभिकर्ता राधादेवी भुषालले जैसीलाई बिमा गराएका थिए ।

जापानमा जैसीको मृत्यु भएपछि सबै प्रक्रिया पुरा गरेर बिमा रकम समयमै हस्तान्तरण गरिएको इन्स्योरेन्सका शाखा प्रमुख दीपक पौडेलले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा इन्स्योरेन्सका एमडीआरटी मुमानाथ चालिसे, वरिष्ठ एजेन्सी रसिक प्रधान र विष्णु भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>