Breaking News

चितवनमा काँग्रेस कार्यकर्ता अनिलको हत्यामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ

Banner

चितवन,जेठ २६-

गत वैशाख २५ गते भरतपुरमा अनिल परियारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। स्थानीय निर्वाचनको केही दिनअघि नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका कान भनिने परियारको धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको थियो। घटनापछि कांग्रेसका कार्यकर्ताहरूले भरतपुरमा प्रदर्शन गरेका थिए।

भरतपुर–७ कृष्णपुरस्थित नगर प्लटिङको भित्री सडकमा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनको हत्या गरेका थिए। चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले मृतकका आफन्तले दिएको किटानी जाहेरीको आधारमा तीन जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

पक्राउ पर्नेमा भरतपुर महनागरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय विश्व भन्ने हेमन्त बाँस्तोला, वडा नम्बर १२ बस्ने २३ वर्षीय राहुल पारियार र माडी नगरपालिका घर भई हाल भरतपुर–१५ मा डेरा गरी बस्ने २५ वर्षीय रोहित सिलवाल छन्। उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको अधिकारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>