Breaking News

नौबिसे-मुग्लिन र नारायणगढ-मुग्लिन सडकः गाडीको लाम हट्न अझै समय लाग्ने

Banner

चितवन,जेठ २६-

नौबिसे– मुग्लिन र नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै १४ घण्टापछि सञ्चालनमा आएको छ । कुरिनटारबाट एक किलोमिटर मुग्लिनतर्फ ठूलो पहिरो खस्दा गए राति ११ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन र नौबिसे-मुग्लिन सडक खण्ड अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरो हटाइए पनि १४ घण्टादेखि लागेको गाडीको लामो लाइन व्यवस्थापनमा समस्या भइरहेको प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि गाडीको लामो लाइन भने कायम नै छ । बिस्तारै गाडी गन्तव्यतर्फ लाग्न थालेकाले अब सहज हुँदै जाने उहाँले बताउनुभयो ।

यो सडक खण्ड बन्द हुँदा यात्रुबीच बाटोमै अलपत्र परेका थिए । बर्खाको समयमा छिनमै खुल्ने र छिनमै बन्द हुने भएकाले नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>