Breaking News

चितवनको नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने

Banner

चितवन,जेठ २६-

पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । सडक डिभिजन कार्यालय भरतपुरका लोडर अपरेटर अमर गुरुङले पहिरो पन्छाउन आज दिनभर लाग्ने बताउनुभयो । अहिले पहिरो पन्छाउने काम सुरु भएको छ ।

अहिलेपनि पानी परिरहेको र पहिरो खस्ने क्रमपनि नरोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । नाग्दी खोलामा ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने हुँदा सुरक्षित स्थानमा बस्न यात्रुहरुलाई अधिकारीले आग्रह गर्नुभयो ।

पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक–पटक अवरूद्ध हुने गरेको छ ।

यस्तै नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा खसेको पहिरो पन्छाउने काम सकिएको छैन । सडकखण्ड एकतर्फी सूचारुमा आएको छ । जसका कारण सवारीसाधनको चाप झन् बढेको छ । नारायणगढसम्मै सवारीसाधनको लाइन लागेको छ । हजारौं यात्रुहरु अहिले अलपत्र परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>