चितवन विशेष

चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्कियो

Banner

चितवन,जेठ २६-

चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । आज (बिहिबार) विहान ४ः२० बजे रत्ननगर नगरपालिका ३ बेल्सी पुल नजिक विग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए ९९७४ नम्बरको स्कारपियो ठोक्किएको हो ।

दुर्घटनामा स्कारपियोमा सवार पाँच जना घाइते भएका छन् । घाइते हुनेमा स्कारपियो चालक बारा कलैया उपमहानगरपालिका १ बस्ने ४२ बर्षिय राजिव कुमार कुर्मी,स्कारपियोमा सवार सोही ठाँउका रामबाबु शाह,सोही ठाँउका ६१ बर्षिय महमद बाबु खान,४० बर्षिय शिलादेवि शाह र बारा महागढीमाई नागरपालिका १० का ३२ बर्षिय रामजी प्रसाद शाह रहेका छन् । उनिहरु सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय टाँडीका नियन्त्रणमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>