Breaking News

बञ्चरेडाँडाका बासिन्दाद्वारा आज पनि फोहर फाल्न अवरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

Banner

काठमाडौ,जेठ २५-

बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।

हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पुर्‍याएको भए पनि आज बुधवार फोहर बोकेका गाडी ल्यान्डफिल साइट पुग्न सकेका छैनन् । स्थिति तनावपूर्ण रहेकोले गाडी बाटोमै रोकिएका छन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

गएको सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भएपछि हिजोदेखि फोहर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् । ल्यान्डफिल साइटमा स्थानीयवासीले फोहर लैजान नदिएपछि काठमाण्डौ उपत्यकाको सडक र चोकहरूमा फोहरको थुप्रो लागेको छ । फोहरबाट आएको दुर्गन्धका कारण बाटो हिँड्नसमेत समस्या भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>