चितवन विशेष

रोटरीको प्राथमिकतामा ‘वातावरण दिवस’

Banner

चितवन, जेठ २५–

पछिल्लो समय वातावरण दिवसलाई निकै प्राथमिकताका साथ मनाउन थालिएको छ । विश्वसम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज समेत रहेकाले वातावरण स्वच्छ राख्न चितवनमा विभिन्न कार्यक्रमहरु हुन थालेका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीले चितवनमा अभियानकै रुपमा वातावरण दिवस मनाउँदै आइरहेको छ । यसपटक रोटरी क्लब अफ रत्ननगरले विशेष प्राथमिकता दिँदै लगातार तीन दिन विभिन्न कार्यक्रम गर्दै वातावरण दिवस मनाउन सफल भयो ।

‘वातावरण हामी सबैको सामूहिक सम्पत्ति हो, यसको संरक्षण र सम्वद्र्धन पनि हाम्रै जिम्मेवारी हो’ भन्ने भनाईलाई आत्मसात गर्दै रोटरीले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको सहयोगमा विभिन्न कार्यक्रम गर्न सफल भएको हो । पहिलो दिन पत्रकार सम्मेलन मार्फत वातावरण जोगाउन सन्देश दिएको रोटरीले वातावरण दिवसका दिन ‘भान्सा औषधालय’ कार्यक्रमको आयोजना ग¥यो । रत्ननगर नगरपालिका भित्रका क्रियाशिल आमा समूह, टोल विकास संस्थाका ३३० महिलाहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको थियो । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा भान्सा औषधालय तथा औषधीजन्य वनस्पतीका बारेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.कोपिला अधिकारी र वन तथा वातावरणका बारेमा चितवन डिभिजन वन कार्यालयका प्रमुख लोकराज नेपाल महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।

क्लवका अध्यक्ष निराजन खनालले भावी सन्ततीलाई जोगाउन वातावरण जोगाउनु पर्ने भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम गरिएको बताए । ‘दिनप्रति दिन वातावरण प्रदुषित हुँदै गइरहेको छ, वातावरण स्वच्छ राख्न हाम्रो दायित्व भएकाले विभिन्न अभियान चलाउन थालेका छौं’–अध्यक्ष खनालले भने ।

रोटरीले युवा पुस्तालाई वातावरणको महत्व बारेमा ज्ञान दिन पूर्वीचितवनका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुको मा.वि.स्तरीय चित्रकला प्रतियोगिता समेत आयोजना ग¥यो । बकुलहर मा.वि.की शुष्मा तामाङ्ग प्रथम भइन् । न्यू क्यापिटल कलेजका निरज धनुकी द्धितीय, एन्जलस वल्र्ड स्कुलका सविगल गजमेर तृतीय भए । बछौली मा.वि.का सुजल वि.क. र श्री सेकेन्डरी स्कुलका प्रकाश वि.क. सान्त्वना स्थान हासिल गरे । उनीहरुलाई नगद, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यी सबै कार्यक्रमहरु न्यू क्यापिटल कलेज रत्ननगरमा आयोजना गरिएको । कार्यक्रमलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले सहयोग गरेको थियो । एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले वातावरण सम्बन्धि जनेचतना मुलक कार्यक्रम आयोजना गरिएकोले कार्यक्रमलाई सफल बनाउन सहयोगी हात भएर अघि बढेको बताए । उनले आगामि दिनमा यसप्रकारका कार्यक्रमहरुमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>