Breaking News

भरतपुर महानगरपालिकाको कार्यपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित (मतपरिणाम सहित)

Banner

चितवन, जेठ २४–

भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा गठबन्धनका सबै उम्मेद्वारहरु निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आज (मंगलबार) भएको निर्वाचनमा गठबन्धनकातर्फबाट उम्मेदवारी दिएका ८ जना नै निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी –९२) मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का भुवन बहादुर नेपालीले ५५ मत ल्याए भने अन्तिममा उम्मेद्वारी फिर्ता लिएका नेकपा (माओवादी केन्द्र)का खेमबहादुर दर्जीले २ मत प्राप्त गरे । महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसकी नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)की बिना नेपाली (८६) निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिए ।

यस्तै महिला सदस्यतर्फ एमालेबाट उम्मेद्वारी दिएका वेल पत्र श्रेष्ठ (५६), सिता कुमारी दराई (५६), डिलकुमारी विश्वकर्मा (५४), बिमकुमारी विक (५७) र राप्रपाकी सुविता श्रेष्ठ (५०) मत प्राप्त गरे । एमाले–राप्रपा गठबन्धनबाट ३ जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ सदस्यमा पाँच नै उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>