Breaking News

इम्बोस्ड प्लेट भन्दै कमिसनको चक्करमा जनतालाई आतंकित पार्ने काम भयोः सांसद रावल

Banner

चितवन,जेठ २४-

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान गर् भनेर सरकारले जनतालाई आतंकित पार्न खोजेको बताएकी छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले कमिसनको चक्करमा जनतालाई आतंकित पार्ने काम गरिएको भन्दै त्यसलाई तत्काल रोक्न माग गरेकी हुन् ।

कमिसनको चक्करमा इम्बोस्ड प्लेट जोडिहाल भनेर जनता आतंकित पार्ने काम तत्काल रोकियोस्, रावलले भनिन्,फेरि इम्बोस्ड प्लेट रिड गर्ने प्रविधि पनि अझै नभित्रिएको कुरा छ । पहिला प्रविधि जडान गर्नतर्फ सरकारको ध्यान जाओस् ।

इम्बोस्ड प्लेटको गुणस्तरका विषयमा प्रशस्तै कुरा उठेको भन्दै उनले टुटफुट भएमा वा क्षति पुगेमा पुनस् पूरा शुल्क तिर्नुपर्ने व्यवस्था पनि वैज्ञानिक नभएको बताइन् । यसको शुल्क, गुणस्तर आदिका विषयमा पनि प्रशस्तै प्रश्न उठेका छन् । प्लेट नै मुसाले खाने, टुट्ने खालका समस्या देखिएको कुरा आएको छ, रावलले भनिन्, टुटफुट भएमा वा क्षति पुगेमा पुनः पूरा शुल्क तिरेर इम्बोस्ड प्लेट लिनुपर्ने व्यवस्था पनि वैज्ञानिक छैन । इम्बोस्ड प्लेट जडान शुरू भएको लामो समय बितिसक्दा जम्मा २१ हजारको हाराहारीमा मात्र प्लेट जोडिएको भन्दै उनले असार मसान्तभित्रै २३ लाख प्लेट छाप्न सम्भव छ ? भनेर सरकारलाई प्रश्न गरिन् ।

सकारले आफ्नो काम समयमा नगरेर अहिले जनता आतंकित गर्न खोजेको भन्दै उनले यस विषयमा विभागीय मन्त्रीले संसदमै उपस्थित भएर जवाफ दिनुपर्ने माग गरिन् । सांसद रावलले खेतीको समयमा मलबिउ उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् । सरकारले उत्पादकत्व बढाउने, आयात घटाउने कुरा गरे पनि समयमा मल तथा बिउ समेत उपलब्ध गराउन नसकेको उनको भनाइ छ । उनले त्रिभुवन विश्व विद्यालयमा सत्तारुढ दलकै भ्रातृ संगठन (नेविसंघ)ले गरेको तालाबन्दी तथा बर्दिया घटनाका बारेमा पनि सरकारको ध्यानाकर्षण गराइन् ।

साथै सरकारले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको विषय समेत उनले उठाएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>