Breaking News

कुहिने र नकुहिने फोहर छुट्याउनू, नछुट्याए महानगरले संकलन गर्ने छैनः मेयर बालेन

Banner

काठमाडौं,जेठ २४-

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले घरमै कुहिने र नकुहिने फोहर छुट्याइ दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमार्फत लामो प्रतिक्रिया दिँदै कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहरहरू छुट्याएर निकाली दिन आग्रह गरेका हुन् ।

हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहरहरू छुट्टिएर निस्किउन, उनले भनेका छन्, कुहिने र नकुहिने फोहरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ तपाईहरूले अब हरेक फोहरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।

उनले अब नछुटंयाएको फोहर महानगरले नउठाउने बताएका छन् । महानगरले फोहरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ती गर्ने छैन, उनले अगाडि भनेका छन्, तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहरसँगै आफूले नछुट्याइ ल्याएको फोहर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । उनले अहिलेसम्म फोहर उठ्न नसकेकोमा माफी मागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>