स्वास्थ्य

प्याज काट्दा आँसु आँउछ, यसले आँखालाई हानि गर्छ कि गर्दैन ?

Banner

चितवन,जेठ २१-

हामीले भान्छामा दैनिकजसो प्याजको प्रयोग गर्ने गरेका छौँ । प्याज काट्दा आँखाबाट आँसु आउनेबारे हामी जानकार नै छौँ । यस्तो किन हुन्छ ? यसरी आँसु आउनेगरी पोल्दा आँखालाई हानि गर्छ कि गर्दैन ? आउनोस् यसबारे जानौँः

आँखा विशेषज्ञ डाक्टर सैलेश प्रधानका अनुसार प्याजको प्रत्येक पत्रमा एमिनो एसिड र सल्फोनिक एसिड नामक केमिकल हुन्छ । प्याज काट्दा यी दुवै केमिकल मिश्रण भएर सल्फर ग्यास बन्छ ।

यो ग्यास हाम्रो आँखामा पुग्छ । आँखाको पानीसँग ती केमिकल मिल्दा अर्को एसिड बन्छ( सल्फर । त्यही सल्फर एसिडका कारण प्याज काट्दा हाम्रो आँखाबाट आँसु आउने गरेको डा.प्रधानले बताए ।

यसले असर गर्छ कि गर्दैन ?

प्याजको रागले आँखा एकछिन पोल्नचाहिँ पोल्छ । तर, भित्री असर भने खासै नगर्ने डाक्टर प्रधानले बताए । ‘बिहानबेलुकी घरमा प्रयोग गरेकाले अलिअलि आँखा पोल्छ, आँसु आउँछ, यसले खासै असर भने गर्दैन,’ उनी भन्छन्, ‘तर धेरै नै प्याज काट्नुपर्‍यो भने केमिकलको मात्रा बढेर आँखा रातो हुन्छ । भित्री समस्या पनि देखिन्छ ।’ आँखा धेरै नै पोल्यो भने सफा पानीले धुनुपर्छ । आँखा मिच्नु भने नहुने डा. प्रधान सल्लाह दिन्छन् ।

प्याज काट्दा ध्यान दिनुपर्ने कुरा

प्याज काट्नुभन्दा अगाडि प्याजलाई पानीमा ३ मिनेटजति डुबाउँदा प्याजमा भएको केमिकल कम हुने डा.सैलेश बताउँछन् । अथवा प्याज काट्दा चस्माको प्रयोग गर्नाले प्याजमा भएको केमिकल प्रत्यक्ष रूपमा आँखामा नपर्ने उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>